एमाले नेता योगेश भट्टराईले गरे पार्टी पुनर्गठनको अपिल

1.6K shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनका लागि अपिल गरेका छन् । उनले भिडियो सन्देश सार्वजनिक गर्दै जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनर्गठनको अभियानमा साथ दिन अपिल गरेका छन्।

‘उनले भनेका छन्, इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल समेत गर्दछु,’ । उनले थप्दै भने, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं ।’संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन्।

 

1.6K shares