सलमानले भने, ‘बच्चा छिटै हुनेछ’

1.2K shares

काठमाडौँ । बलिउड अभिनेता सलमान खानको बिबाहको चर्चा त सधैँ नै भइरहन्छ । यस्तोमा उनले पिता बन्ने इच्छा देखाएका छन् ।

यस्तोमा अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो ‘टू मच’ को पहिलो एपिसोडमा देखिएका अभिनेता आमिर खान र सलमान खानले व्यक्तिगत जीवनको बारेमा खुलेर कुरा गरेका छन् । उनिहरुले आफ्नो करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा छलफल गरे । सुरुमा सलमानसँगको आफ्नो सम्बन्ध राम्रो नभएको आमिरले खुलासा गरे ।

शोमा सलमानले पिता बन्ने इच्छाबारे पनि कुरा गरे । सलमानले भने, ‘बच्चा त हुन्छन्, छिटै नै हुन्छन् । बस समय आउन देऊ, अनि हेर ।’

1.2K shares