युवाहरूको मतदाता नामावली दर्ताको बाटो खुल्यो, कहिलेबाट दर्ता गर्न पाइन्छ ?

1.62K shares

काठमाडौँ । जेनजी आन्दोलनले केपी शर्मा ओलीको सरकार ढालेसँगै बनेको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन । तर, यति ठुलो क्रान्ति पश्चात उक्त परिवर्तनका स्टेक होल्डर जेनजी पूस्ता नै बाहिर रहने भएपछि पुन मतदाता नामावली संकलनको बाटो खुलेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो । अब,मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्ने छ ।

निर्वाचन आयोगले मतदाता संकलनका लागि मिति तोक्नेछ । सरकारले फागुन २१ गतेलाई निर्वाचन तोकेको छ ।

1.62K shares