‘मन विनाको धन’को फस्टलुकमा यस्तो देखिए अशोक दर्जी

1.32K shares

काठमाडौँ । टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले अशोक दर्जीलाई मात्रै स्थान दिएर फर्स्टलुक सार्वजनिक गरेको हो ।

पोस्टरमा अशोक स्कुलको पहिरनमा देखिएका छन् । पोस्टरमा ‘कथा जिरो देखि हिरो’सम्मको भनेर लेखिएको छ । फिल्ममा अशोकको संघर्षदेखि सफलताको कथा देखाइने जनाइएको छ ।

कात्तिकको २१ गतेबाट रिलिज आउने फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए आर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, विना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय छ ।

सामाजिक विषयवस्तुमा निर्माण भएको यो फिल्मलाई टंक वुढाथोकी आफैले लेखेका हुन् । विष्णु माया मैनाली निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता सपना शर्मा हुन् । फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन छ ।

1.32K shares