त्यो दिन भाग्न पाँच मिनेट ढिला भएको भए आफुलाई मार्थे : केपी ओली

2.23K shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते पाँच मिनेट मात्रै बालुवाटारबाट निस्कन ढिला भएको भए आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्।

जेनजी आन्दोलनबाट सत्ताच्युत भएका ओली हाल भक्तपुरको गुण्डुमा डेरा गरी बस्न थालेका छन् । सोहि डेरामा ओलीलाई भेट्न गएका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका टिमसँग कुराकारीका क्रममा उनले यस्तो बताएका हुन् । ओलीले प्रदर्शनकारीहरूको आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको दाबी गरे ।

 

2.23K shares