राष्ट्र चरम शोकमा परेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका–जमरा नलगाउने

1.71K shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा यो वर्षको टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् । आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् ।

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’

1.71K shares