हर्क साम्पाङले दल दर्ताका लागि निवेदन दिए, पार्टीको नाम के ?
वि.सं.२०८२ असोज १२ आइतवार १०:१३
1.48K
shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन् । हर्कले असोज ७ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
मेयरका रुपमा देशभर चर्चित साम्पाङले आफैँ अध्यक्ष हुने गरी ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि निवेदन दिएका हुन् । जेनजी आन्दोलनपछि सरकारले फागुन २१ गतेलाई निर्वाचनको मिति तोकेको छ ।
यस्तोमा आगामि निर्वाचनमा हर्कको दलले कसरी उपस्थिति जनाउला हेर्न बाँकि नै छ । उनको दल दर्ताको निवेदनमा माथि जाँचबुझ भइरहेको जनाइएको छ ।
वि.सं.२०८२ असोज १२ आइतवार १०:१३
1.48K
shares












