पार्वत गुरूङ विरुद्ध भ्रम फैलाएको स्विकार्दै पत्रकार प्रकाश तिमल्सिनाले मागे माफि

2.03K shares

काठमाडौँ । केहि दिन अगाडि पत्रकार प्रकाश तिमल्सिनाले केहि दिनअगाडि एमालेका नेता तथा पूर्व संचारमन्त्री पार्वत गुरुङ र उनको धर्मपत्नी सरस्वती राईले बालुवाटारमा सञ्चालन गरेको हिमालयन बायो रेष्टुरेन्टको बारेमा विभिन्न आरोप लगाउँदै सामाजिक संजालमा लेखेका थिए । विना प्रमाण उनले अपुष्ट श्रोत उल्लेख गर्दै घुस खाने रेष्टुरेन्ट भन्दै आरोप लगाएका थिए ।

उनले भ्रम फैलाएपछि सर्वत्र प्रमाण देखाउन भन्दै आलोचना भएको थियो । पिडितहरुले कानुनी कारबाहीमा जाने बताएपछि तिमल्सिनाले आफि माग्दै आफ्नो सूचना गलत भएको भन्दै आत्मालोचना गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै श्रोतले आफुलाई भ्रममा पारेको र राजनीतिक रंग मिसाएर आरोप लगाउन खोजीएको भन्दै उनले माफि मागेका छन् ।

यसरी लेखेका छन
मैले केही दिन अघि फेसबुकमा हिमालयन वायो किचनका बारेमा लेखेको थिए,

र, नेकपा एमालेका नेता पार्वत गुरूङलगायतको विषयमा लेखेको थिए ।

जस पछि विभिन्न क्रिया, प्रतिक्रिया, सत्यतथ्यको बारेमा फेसबुक कमेन्ट र जानकारी हुनेहरूबाट मलाई त्यस बारेमा सल्लाह, सुझावहरू प्राप्त भएका छन्।
खासमा यो रेष्टुरेन्ट उहाँको श्रीमतीको रहेछ, श्रीमान र श्रीमतीको पेशा ब्यावसाय फरक हुन्छ, कसैको पेसा र ब्यावसाय माथी आजसम्म मैले मार्दन गरेको थिईन, गर्नु पनि हुन्न भन्नेमा म सचेत रहेको छु ।

म हरेक पेशालाई सम्मान गर्नु पर्छ भन्ने मान्यता राख्छु । मैले यसअघि पनि मिनबहादुर गुरूङको पक्षमा लेखेको हुँ, जबकी मैले उहाँको नियमित ग्राहक हुनु बाहेक चिनजान त परै जाओस्, प्रत्यक्ष देखेको पनि छैन् तर पनि मैले ब्रम्हले देखेको लेखेको हुँ ।

तर, केही दिन अघिको बायो किचनका बारेमा मेरो धारणाले एउटा महिलाले गरिरहेको ब्यावसाय माथी निकै अप्ठयारो पर्न गएछ। मैले फेसबुकमार्फत धारणा सार्बजनिक गरिरहँदा एउटा व्यावसायिक संस्था र त्यस अघि आमनेसामने नभएको र चिनजान पनि नभएका व्यक्ति पार्वत गुरूङ र उनका परिवारको ब्यावसायको सन्दर्भमा उल्लेख भएको विषय प्रति केही प्रष्टीकरण दिन मनासिव ठानिएकोले मेरो फेसबुक साथीहरूलाई तपसिल बमोजिम बुझिदिनु हुन अनुरोध गर्दछु।

१. नेकपा(एमाले) दोलखाको स्थापित नेता पार्वत गुरुङ सञ्चार मन्त्री रहेको वेला र हाल उहाँको गतिविधि र क्रियाकलापको सन्दर्भमा दोलखा जिल्लाकै केही नेता र अन्य व्यक्तिहरूबाट मलाई जति सूचना प्राप्त भयो र मैले त्यही अनुसार लेखेको हुँ, यसमा पछि बहस गरूला, नेताको आलोचना हुनु स्वभाविक हो, मैले बिगत दुई दशक देखि गर्दै आएको छु। यो मेरो पेशा नै हो, यो पत्रकारिताको मुलमर्म पनि हो।

२. जो जहाँबाट सुचना आयो, अहिलेको अप्ठ्यारो राजनीतिक परिस्थितिमा कसैले फाईदा उठाउदै दोलखाको जिल्लागत राजनीतिक छविबाट स्खलित गराउने मनसायले पार्वत गुरुङको बिषयमा गलत सूचना दिइयो भन्ने उनीहरूको कुरा पनि रहेको छ, आम दोलखावासीकै धेरै खाले फिडब्याक पनि आएको छ ।
त्यसै गरी वालुवाटारमा सञ्चालित एउटा व्यवसायिक संस्थामा सेवा लिन र ग्राहकको रूपमा जो कोही पनि पुग्न सक्ने, हुन सक्ने, सन्दर्भमा मैले उल्लेख गर्दा एउटा निजी व्यवसायमा जुन किसिमको अप्ठ्यारो सिर्जना हुन गयो, व्यावसायिक कर्ममा आँच पुग्ने गयो ।

तर, मैले उल्लेख गरेको कतिपय सन्दर्भहरू अझ थप सत्य नजिक पुगेमा प्रमाणसहित फेरि उल्लेख गर्नेछु र मेरो कलम डगमगाउने छैन्। यो बिशुद्व महिलाको ब्यावसाय भएकाले म अलि संबेदनशिल भएको हुँ । धन्यवाद ।

2.03K shares