जेनजी अभियन्ता मिराज ढुंगानाले पार्टी खोल्ने
वि.सं.२०८२ असोज ३१ शुक्रवार १२:४६
1.78K
shares

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् ।
जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएको र राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको उनको भनाइ छ । तर उनले पार्टी खोलेपनि अहिलेकै अवस्थामा निर्वाचनमा नजाने दाबी गरेका छन् ।
‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,विदेशमा भएका नेपालीले भोट गर्ने सुनिश्चितता र भ्रष्टाचार नियन्त्रण गर्न नागरिकस्तरको बडी नबनेसम्म हामी निर्वाचनमा जानेवाला छैनौँ’, भिडियोमार्फत उनले भनेका छन् ।
कात्तिक १ गते प्रेसमिट गरेर यसबारे थप जानकारी दिन लागेको ढुङ्गानाले जनाएका छन् ।
वि.सं.२०८२ असोज ३१ शुक्रवार १२:४६
1.78K
shares





