एमाले दोलखाले पठायो समानुपातिक नाम, को–को परे सूचीमा ?

2.4K shares

काठमाडौँ। नेकपा एमाले दोलखा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टी जिल्ला कमिटीले ९
जना उम्मेदवारको आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको हो ।

कमिटीले ४ जना महिला र ५ जना पुरुष आकांक्षीको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा टंक जिरेल, कृष्ण भुजेल, उर्मिला थामि, कालिका पाठक, डवल पाण्डे, टेक घतानी, भुवन केसी,शान्तिमाया तामाङ, प्रेमकुमारी चौलागाईँ रहेका छन् ।

समानुपातिक उम्मेदवारको बारेमा छलफलका लागि एमालेको सचिवालय बैठक भोली बस्दैछ ।

2.4K shares