केन्द्रीय नेतृत्वमा निर्वाचित नेतालाई दोलखा एमालेको बधाई

1.88K shares

काठमाडौं। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा दोलखाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित नेताहरूलाई आज दोलखा एमालेले सम्मानसहित बधाई दिएको छ।

जिल्ला पर्टीको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य पार्वत गुरुङ, श्याम बस्नेत, उर्मिला सुनुवार, शान्ति पाख्रिन र डिल्ली बराइलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको पार्टी जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।

कार्यक्रममा पार्टीका नेताहरूले दोलखाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुनु पार्टी संगठनका लागि गौरवको विषय भएको उल्लेख गर्दै जिम्मेवारीपूर्वक पार्टी नीति, सिद्धान्त र संगठन विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका आनन्द पोखरेल र रचना खड्का भने व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेको मानन्धरले जानकारी दिए ।

दोलखा एमालेले केन्द्रीय नेतृत्वमा पुगेका नेताहरूले जिल्लाको विकास, संगठन सुदृढीकरण र पार्टीलाई थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

1.88K shares