रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

483 shares

काठमाडौँ । रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रास्वपा उम्मेदवार सेख सागिरको गाडिले ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।

रौतहट क्षेत्र नम्बर–२ उम्मेदवार सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सोही नगरपालिका निवासी सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको हो । गाडिले बाटोमा खेलिरहेका बालिकालाई ठक्कर दिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

483 shares