सुनको मूल्य बढ्यो, तोलाको कति ?

1.93K shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैँयाले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य १ लाख ४४ हजार ३ सय रुपैँया कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ४३ हजार ६ सय रुपैँया कायम भएको छ ।

बजारमा चाँदीको मूल्य प्रतितोला ४० रुपैँयाले बढेर तोलाको १ हजार ८ सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।

 

1.93K shares