संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएको होइन : प्रधानमन्त्री ओली
वि.सं.२०८१ असोज १४ सोमवार ११:५१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन नगएको बताएका छन् । उनले आफू भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका हुन्।
राष्ट्रसंघको महासभाबाट फर्केका प्रधानमन्त्रीलाई पत्रबारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । उनले भने, ‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन । म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।’
समस्याहरु नेपालको मात्र नभएर विश्वव्यापी भएको र यस्तो समस्या सबै मिलेर गर्नुपर्छ । त्यसरी नै अल्पविकसित देशहरूले बढी भोग्नुपरेको क्षति र मार जुन छ क्षति पुर्याउने कुरामा हात नभए पनि बढी मार सहनुपरेको छ । त्यसमा विश्व समुदायको ध्यान जानुपर्छ’, ओलीले भने । उनले संयुक्त राष्ट्रसंघको महासभा र साइडलाइन भेटवार्ताहरूबारे जानकारी दिँदै भने, ‘जसले बढी बिगारेको छ उसले बढी क्षतिपूर्ति र सपार्न पनि लगानी गर्नुपर्छ भनिएको छ ।’
वि.सं.२०८१ असोज १४ सोमवार ११:५१





