भलबाढी नियन्त्रणमा छैन स्थानीय सरकारको चासो, खेतियोग्य जमिन बाँझो छाड्दै किसान

2.1K shares

दोलखा । दोलखाको शैलुङ गाउँपालिका ४ स्थित दर्खती – डुङखोला क्षेत्रको खेतीयोग्य जमिन किसानले बाझो राख्न थालेका छन् । पर्याप्त सिँचाई अभाब, बर्खायाममा हिलाम्मे सडक र डुङखोलाको भलबाढीको नियन्त्रण हुन नसके पछि यस वर्ष बाट किसानले खेती योगय जमिननै बाझो राख्न थालेका हुन् ।

पिडित किसानले स्थानीय सरकार र वडा सरकारलाई सिँचाई र भलबाढी नियन्त्रणका लागि पटक– पटक आग्रह गर्दा पनि चासो नदेखाएपछि खेतीयोग्य जमिन बाझै छाडेका छन् । धेरै पटक आग्रह गर्दा पनि वडा अध्यक्ष झम्क बहादुर कार्की नेतृत्वको वडासरकारले गुनासो नसुनेपछि जमिन बाँझै राख्नुपरेको किसानले गुनासो गरेका छन् ।

यो वर्षबाट किसानहरुले करिब ५ रोपनी उब्जनीयोग्य जमिन बाँझो राखेका हुन् । सरकारले सिँचाईमा प्राथमिकता नदिने हो भने यो संख्या अझै बढ्ने शैलुङका किसानहरु बताउँछन् ।

गत वर्ष पनि उब्जनी भित्राउने समयमा भलबाढि खेतमा पसे पछि यस पटकबाट भने किसानले जग्गानै बाझो राख्ने सोच सहित धानको विउ समेत नराखेको किसानहरु बताउछन् । पालिकाले ५५ लाखको सिलिङ दिएको वडालाई उक्त क्षेत्रको लागि भल बाढि नियन्त्रणको लागि कुनै योजना नबनाएको स्थानीयको आरोप छ ।

डुङखोलाको बाढि तथा भलका कारण अन्न बालीमा क्षती पुग्ने गरेको छ । सडक र सिंचाई जस्ता आधारभुत पुर्वाधार सुधारमा कुनै पहल कदमी स्थानीय सरकारले नगर्दा यसको क्षती भने किसानले व्यर्होनु परेको छ । घर दैलोको सरकार वडा कार्यालय भए पनि किसानको समस्यामा भने वडा कार्यालय भने मुकदर्शक बनेको किसानको आरोप छ ।

वडामा भएका योजना कार्यान्वयन तथा उपयोग बारेमा पनि नागरीकले प्रश्न उठाउन सुरु गरेका छन् । वडाले कुनै याजना बनाउन नसके पटक –पटक किन किसानलाई झुटो आश्वासन दिनु ? स्थानीयको प्रश्न छ । अब भने सांगठनिक रुपमै यस विषयमा आवाज उठाउने तयारीमा किसान रहेका छन् । “उनिहरु भन्छन् खेती योग्य जमिन बाझो राख्न बाध्य हुनु विडम्बना हो, अब हामी चुप बस्न सक्दैनौँ । ”

2.1K shares