बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै पाए नागरिकता

1.6K shares

काठमाडौँ । झापाको विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उनीहरूलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरेका छन् ।

तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन् । उनीहरूमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा छिन् ।

 

1.6K shares