प्रधानमन्त्री ओलीको आग्रह – “२० वर्ष कटेपछि विवाह, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्”
वि.सं.२०८२ असार २७ शुक्रवार ०७:५०
1.34K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष कटेपछि विवाह गर्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गर्न आग्रह गरेका हुन् ।
साथै ओलीले ३० वर्षभित्र तीन सन्तान पाइसक्न पनि आग्रह गरे । उनले चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन पनि सुझाएका छन् । उनले सन्तानले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गरे । विकसित देशमा जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएको ओलीले बताए ।
वि.सं.२०८२ असार २७ शुक्रवार ०७:५०
1.34K
shares







