पोखराबाट ‘आ बाट आमा’को सांगीतिक टुर सुरु

504 shares

काठमाडौँ । चलचित्र ‘आ बाट आमा’ को रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचारमा आक्रमक देखिएको छ । फिल्मको गीतदेखि ट्रेलरले दर्शकलाई उत्साहित बनाएको बेला निर्माण टिमले सांगीतिक यात्रा सुरु गरेको छ । मंगलबार पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट गरि सांगीतिक यात्रा सुरु गरिएको हो ।

माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिम टुरको लागि पोखरापछि बुधबार चितवन र काठमाडौंको गोंगबुस्थित सिटी स्क्वायर मलमा सांगीतिक कार्यक्रममा सहभागि हुनेछ । तीनवटै सहरका कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत ९गजनी भिलेन०, पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक करण परियारले विशेष प्रस्तुत दिनेछन् ।

आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यो फिल्म चन्द्र पन्तको निर्देशनमा बनेको हो । फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत, अभिमन्यू निरवी, अमर न्यौपाने, र चन्द्र पन्तको संवाद, नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।

504 shares