दोलखामा कांग्रेस छाडेर तरुण दलका नेताहरु एमाले प्रवेश

8.65K shares

काठमाडौँ । दोलखामा चुनावी सरगर्मि बढेसँगै एमाले प्रवेशको लहर चलेको छ । विभिन्न उमेर समूहका युवाहरु एमाले प्रवेश गरिरहेका छन् ।

एमालेबाट पूर्वमन्त्री पार्वत गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । उनि धमाधम युवाहरुलाई पार्टीमा भित्र्याइरहेका छन् । यस्तोमा उनले नेपाली कांग्रेसको भातृ संगठन तरुण दल दोलखा क्षेत्र नम्बर क का अध्यक्ष कामसर्की शेपा, नेपाली कांग्रेस गौरीशंकर गाउपालिका ७ का सभापति राजेश श्रेष्ठ तथा नेपाली काङ्ग्रेस गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विक्रम श्रेष्ठलाई एमालेमा स्वागत गरेका हुन् ।

एमालेको लालकिल्ला मानिने दोलखामा पार्वत गुरुङको सम्भावना बढेको छ ।

8.65K shares