स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, दोलखामा भोलि मतदान

1.62K shares

काठमाडौँ । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले पुन मतदानको माग अस्विकार गर्दै तत्काल मतगणना सुरु गर्न निर्देशन दिएको छ ।

नेकपा एमालेले उक्त क्षेत्रहरुमा धाँधलि भएको भन्दै पुन मतदानको माग गरेर उजुरी दिएको थियो । उक्त उजुरी उपर आयोगले निर्णय गरेपछि उक्त क्षेत्रहरुमा मतगणना सुरु हुनेछ ।

त्यस्तै, दोलखामा पनि एमालेले अनाधिकृत रुपमा बुथ कब्जा भएको भन्दै उजुरी दिएको थियो । सो उजुरी उपर आयोगले १० मतदान केन्द्रहरुमा निर्वाचन गर्ने निर्णय गरिसकेको छ । सो निर्णयअनुसार भोलि मंसिर १५ गते निर्वाचन हुँदैछ ।

1.62K shares