‘मन सँग मन’को ट्रेलरमा पुष्प र वर्षाको प्रेम
वि.सं.२०७९ माघ १६ सोमवार ०८:४८
1.62K
shares

काठमाडौँ । चलचित्र मन सँग मन को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले हाइलाइट्स नेपाल मार्फत ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा पुष्प खड्का र वर्षा शिवाकोटीको प्रेम देख्न सकिन्छ । त्यस्तै, फिल्मको एउटा गीतमा पल शाह र पूजा शर्माले ठुम्का लगाएका छन् ।
माघ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई कैलाश राइले निर्देशन गरेका छन् । फिल्ममा पुष्प र वर्षाका अलवा बुद्धि तामाङ, महेन्द्र बगदास लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०७९ माघ १६ सोमवार ०८:४८
1.62K
shares





