कालिञ्चोक गाउँपालिकामा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु

1.62K shares

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिकामा ट्रकको ठक्करबार एक बृद्धाको मृत्यु भएको छ । सोमबार दिउँसो संगटीतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सित्काका ६९ वर्षिय गंगा बहादुर पाण्डेको मृत्यु भएको हो ।

सिन्धुलीबाट सामान लिएर गएको ६९१३ नम्बरको ट्रकले पाण्डेलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनलाई उपाचारको लागि चरिकोट लगिए पनि अस्पतार पुगे लगत्तै मृत घोषित गरिएको जनाइएको छ ।

1.62K shares