नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेसका पुर्वसांसद शेपाविरुद्ध पक्राउ पुर्जी जारी

1.33K shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पुर्व सांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

शेर्पालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिइसकेको छ । पक्राउ पुर्जी जारी भएसँगै शेर्पा गायव भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

1.33K shares