फरार टोपबहादुर रायमाझी पक्राउ

1.28K shares

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्क्ली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका रायमाझी आइतबार पक्राउ परेका हुन् ।

फरार रायमाझीलाई प्रहरीले उनको साथिको घर बुढानिलकण्ठबाट पक्राउ गरेको हो । रायमाझीका छोरा सन्दीप रायमाझी यसअगाडिनै पक्राउ परिसकेका छन् ।

उक्त प्रकरणमा यसअगाडि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ ।

1.28K shares