सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट

1.53K shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सो रकमको बजेट विनियोजन गरेको बताएका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो । चालु वर्षको भन्दा सरकारले बजेटको आकार घटाएको छ ।

1.53K shares