सुनको मूल्य बढ्यो
वि.सं.२०८० असार १० आइतवार ०५:१५
1.42K
shares

काठमाडौँ । आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ सय रुपैँयाले बढेको छ ।
बजारमा छापावाल सुनको मूल्य १ लाख १० हजार २ सय रुपैँया र तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैँया कायम भएको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलाको १३ सय ५० रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८० असार १० आइतवार ०५:१५
1.42K
shares




