दक्षिण कोरिया जाने युवाहरुले घेरे इपीएसको कार्यलय

1.63K shares

काठमाडौं । दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् ।कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।

आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविषयसंग खेलवाड गरिरहेको आरोप लगाए ।

प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौता पत्र बनाइदिनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले भने ‘ आफुहरु कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले आफुहरुरुसंग सम्झैता पत्र बनाउनु ढिलाई गर्न हुँदैन । ’

आफुहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफुहरुको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका छन् ।

1.63K shares