गीत गाइरहेका प्रकाश सपुतमाथि बोतल प्रहार भएपछि…
वि.सं.२०८० असार ११ सोमवार ०८:००
1.48K
shares

काठमाडौँ । चर्चित गायत प्रकाश सपुतमाथि प्रस्तुति दिइरहेको बेला बोतल प्रहार भएको छ । रोमानियामा नेपालीले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेको बेला सपुतमाथि बियरको बोतल प्रहार भएको हो ।
गीत गाइरहेका उनलाई अचानक दर्शक दीर्घाबाट बोतल प्रहार गरिएको हो । बोतल प्रहार गर्दा उनले नदेखेको कारण बोतल अनुहारमा लागेको भिडियोमा देख्न सकिन्छ ।
वि.सं.२०८० असार ११ सोमवार ०८:००
1.48K
shares





