अछाममा स्थानीयद्वारा श्रमदान बाटै तीन किलोमीटर सडक मर्मत

1.59K shares

काठमाडौ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर चारका स्थानीय बासिन्दाले श्रमदान गरेर झन्डै तिन किलोमिटर सडक खण्ड मर्मत गरेका छन । सडक बिग्रिएर गएको झन्डै एक महिना देखि अवरुद्ध बनेको सडक  मर्मत गर्न स्थानीय गाउँपालिकाको सरकारले चाँसो नदेखाएपछि पायल बासी आमा बुवा दाजु भाइ हरुले तीन दिन सम्म श्रमदान गरेर अवरुद्ध भएको सडक मर्मत गरेका थिए।

वडा नम्बर चार पायल हुँदै गाउँपालिका सम्म पुग्ने सडक वर्षायामको समयमा खाल्डा खुल्डी  अफ्ट्यारो परेर मान्छे आवतजावात गर्न कष्टकर भएपछि श्रमदान गरेका हुन। स्थानिय बासिन्दा भन्छन  गाउँदखी गाउँपालिका को कार्यलय सम्म आवतजावत गर्न निक्कै दुःख कष्ट भोग्नु परेको थियो । ‘त्यसकारण काम गरेका हौँ।

आफ्नो ठाउँको विकासमा आफैं जुट्न आवश्यक थियो स्थानियले भने, ‘बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान गरेर सडक मर्मत गरेका छौ ।

बाटोमा ठूला ठूला खाल्डा खुल्डी भएकाले मोटरसाईकल जवर्जस्ती रुपमा सञ्चालन भएपनि ठूला सवारी साधन हिड्न सक्दैन थिए। जेष्ठ नागरिकलाई वृद्धभत्ता बुझ्न देखि अन्य कामको लागि गाउँपालिका सम्म पुग्न सारै कठिनाइ हुँदै आएको थियो । श्रमदान गरेर सडक मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै हरेक काममा सारै सजिलो भएको छ।

वुद्धवृद्धालाई औषधी उपचारको लागि स्वास्थ केन्द्र  जान समस्या हुदै आएको थियो । बर्षायामले गर्दा सडक अवरुद्ध भई ठुला खाल्डा खुल्डी परेका कारण यातायाताका साधन सञ्चालन नहुँदा विशेष गरीे  गर्भवती महिलालाई अस्पताल सम्म लैजान निकै असहज  थियो । अइलेको समयमा श्रमदान  गरेपछि स्थानीयको सक्रियताले  मर्मत भएपछि सहज भएको उहाँहरुको भनाई छ ।

आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्छ भन्ने उनिहरुको भनाइ छ। राज्यको मात्रै आस गर्नु भन्दा आफैले पनि श्रमदान गर्न सिक्नु पर्छ भन्ने पायल बासिहरुको  कुरा छ ।

1.59K shares