मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

1.93K shares

काठमाडौ, तारकेश्वर नगरपालिका ११ नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई बिहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रसुवाको उत्तरगया गाउँपालिका ३ घर भइ काठमाडौँको गोलढुङ्गा बस्ने २३ वर्षीय माइकल तामाङ चोरीको मोटरसाइकल सहित नियन्त्रणमा आएका हुन् ।
बागमती प्रदेश ०२ -०३४ प ८२ ४९ नम्बरको (एन.एस.) पल्सर मोटरसाइकल गत वैशाख १ गते काठमाडौँको केशरमहलबाट हराएको भनी चितवनका सुप्रिम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित बागमति प्रदेश ०२-०३४ प १३ ६१ नम्बर राखेर उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी तामाङलाई हिजो यस कार्यालयको पिडित सहायता ‍इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको स्रोतले जनाएको छ।

1.93K shares