एकीकृत समाजवादी दोलखा– काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बिकल श्रेष्ठ
वि.सं.२०८० साउन २८ आइतवार ०९:३५
2.84K
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) दोलखा काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा बिकल श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको १२ औ सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो।
सम्मेलनले उपाध्यक्षमा बाशु भण्डारी र पूर्ण खड्कालाई चयन गरेको छ । त्यस्तै, सागर श्रेष्ठ सचिव, सह सचिवमा रन्जना भुजेल र ईश्वर कार्की, र कोषाध्यक्षमा गोपाल प्रसाद दाहाल चयन भएका छन् ।
काठमाडौँको प्रदर्शनीमार्गमा रहेको आर आर क्याम्पसमा भएको सम्मेलनलाई पार्टीका महासचिव घनश्याम भुषालले सम्बोधन गरेका थिए ।
वि.सं.२०८० साउन २८ आइतवार ०९:३५
2.84K
shares





