गदर र ओएमजी २ को कमाई कति ?

3.57K shares

काठमाडौँ । अगष्ट ११ गतेबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्मले धमाकेदार व्यापार गरिरहेका छन । दुबै फिल्म सिक्वेल हुन् । दुवै फिल्मको पहिलो पार्टले ठुलो सफलता हासिल गरेको थियो ।

पहिलो पार्ट जस्तै सनी देवलको गदर २ ले बक्स अफिसमा सुनामी नै ल्याएको छ । लामो समयपछि ठुलो पर्दामा फर्कीएका सनीले बक्सअफिसमा कमाल देखाएका छन् । फिल्मले पहिलो दिन नै ४० दशमलव १० करोड भारुको ओपनिङ गरेको थियो । यो कलेक्सन यो वर्षको पठानपछिको उच्च हो । त्यस्तै, फिल्मले दोस्रो दिन ४३ दशमलव १८ करोड भारुको कमाई गरेको छ । फिल्मले आइतबारसम्ममा सय करोड क्लब पार गर्ने देखिन्छ ।

त्यस्तै, सँगै प्रदर्शनमा आएको ओएमजी २ ले पनि सुखद् व्यापार गरिरहेको छ । फिल्मले पहिलो दिन १० दशमलव २६ करोड भारुको कलेक्सन गरेको थियो । त्यस्तै, दोस्रो दिन फिल्मले १५ दशमलव ३० करोड रुपैँयाको कलेक्सन गरेको छ ।

लामो समयपछि बलिउडले लय समातेको छ । पछिल्लो समय रक्की और रानीकी प्रेम कहानीले राम्रो कमाई गरेको थियो ।

3.57K shares