अप्पर तामाकोशीले भदौ १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने, कसरी दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्
वि.सं.२०८० साउन ३२ बिहीवार ०६:५९

काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ १८ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १ सय रुपैँया अंकित मूल्यका १० करोड ५९ लाख कित्ता शेयर निष्काशन गर्नेछ । हकप्रद निष्कासनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम शेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।
भदौ १८ गतेबाट निष्काशन हुने कम्पनीको हकप्रदमा लगानीकर्ताले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
कसरी दिने आवेदन
कम्पनीको हकप्रद शेयरमा लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।
वि.सं.२०८० साउन ३२ बिहीवार ०६:५९






