बँदेलको आक्रमणबाट तुर्माखादमा महिलाको मृत्यु

1.9K shares

काठमाडौ, जंगली बँदेलको आक्रमणबाट तुर्माखादमा महिलाको मृत्यु भएको छ ।  स्रोतका अनुसार तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ का बलबहादुर बयककी श्रीमती ३२ वर्षिया दिला बयकको जंगली बँदेलको आक्रमणबाट बिहीबार साँझ मृत्यु भएको हो ।

आफ्नै घर नजिकको खेतमा काम सकेर घर फर्कीरहेका बेला बँदेलले आक्रमण गर्दा दिलाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ।

1.9K shares