ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

2.42K shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैँया र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैँया कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैँया कायम भएको छ ।

2.42K shares