सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८० पुस २७ शुक्रवार ०५:२२
2.06K
shares

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । सोमबारदेखि लगातार घटिरहेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैँया कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैँया कायम भएको छ ।
बजारमा चाँदीको मूल्य १ हजार ४ सय रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८० पुस २७ शुक्रवार ०५:२२
2.06K
shares




