आज कति पुग्यो सुनचाँदीको मूल्य ?

2.49K shares

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकै दिन प्रतितोला २ हजार रुपैँयाले बढेको सुनको मूल्य आज स्थिर देखिएको हो ।

बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख २१ हजार रुपैँयामा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य तोलाको १ लाख २० हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार तोलाको १ हजार ४ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।

2.49K shares