जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

2.86K shares

काठमाडौं । एलन मस्कले नौ महिनापछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् । सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएर मस्कको सम्पत्ति घट्दा उनलाई पछि पारेर जेफ बेजोस धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७।२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७।६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेको छ भने टेस्लाको शेयर घटिरहेको छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो ।

मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गर्न कम्पनीको बोर्डले सन् २०२१ मा उनलाई दिएको ५५ अर्ब तलब सुविधाको भूमिका महत्त्वपूर्ण थियो । मस्कलाई उक्त तलब सुविधा दिनु अस्वाभाविक भएको भन्दै कम्पनीका एक सदस्यले केही समयअघि मुद्दा दायर गरेका थिए ।

2.86K shares