सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन बढ्यो २६ सय
वि.सं.२०८० चैत ८ बिहीवार ०६:२५
1.97K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुन तोलाको २६ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य १ लाख २७ हजार ८ सय रुपैँया र तेजाबी सुनको मूल्य १ लाख २७ हजार २ सय रुपैँया कायम भएको छ ।
यता चाँदीको मूल्य प्रतितोला १५ सय ५५ रुपैँया कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०८० चैत ८ बिहीवार ०६:२५
1.97K
shares






