सुनको मूल्य घट्यो
वि.सं.२०८१ जेठ ८ मंगलवार ०५:५६
1.97K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बजारमा सुन तोलामा १ हजार २ सय रुपैँयाले घटेको हो ।
लगातार बढेर रेकर्ड कायम गरेको सुन आज अलिकति घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन १ लाख ४० हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ । बजारमा तेजाबी सुन १ लाख ३९ हजार ९ सय रुपैँयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा ५५ रुपैँयाले घटेर १ हजार ८ सय ८५ रुपैँया कायम भएको छ ।
वि.सं.२०८१ जेठ ८ मंगलवार ०५:५६
1.97K
shares





