विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने देउवाको अडान, यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको नियुक्तिको विज्ञप्ति

252 shares

नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति कार्यालयले नियुक्तिको ब्यहोरा नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धाराको सट्टा सर्वोच्चको आदेश अनुसार भनेर लेखिएकोमा देउवाले आपत्ति जनाएका हुन् ।

​आफू संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुपर्ने भन्दै देउवाले राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको विज्ञप्तिको ब्यहोरोमा त्यसो नलेखिएकोमा असहमति जनाएका हुन् ।
यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको नियुक्तिको विज्ञप्ति

252 shares