कन्हैया कुमार कांग्रेस प्रवेश

476 shares

दिल्ली । कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश गरेका छन् । कन्हैयालाई कांग्रेस नेता राहुल गान्धीले पार्टी प्रवेश गराएका हुन् ।

उनि जेएनयु विद्यार्थी युनियनका अध्यक्ष हुन् । लामो समय भारतीय कम्युनिष्ट पार्टीमा रहेर भुँइमान्छेको आवाज वोलिरहेका कन्हैया युवा पुस्तामाझ एमदमै चर्चित छन् ।

विद्यार्थी राजनीति हुँदै राजनीतिक यात्रा शुरु गरेका कन्हैया सन् २०१९ मा कुमारले बिहार राज्यबाट लोकसभाको सिटमा चुनाब लडेका थिए । उक्त चुनावमा उनि पराजित भए ।

476 shares