एकीकृत समाजवादी वैतेश्वर ४ को अध्यक्षमा तारानीधी दाहाल चयन

287 shares

दोलखा । नेकपा (एकीकृत समाजवादी ) पार्टीको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा तारानीधी दाहाल चयन भएका छन् । शनिबार भएको भेलाले दाहालको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

May be an image of 7 people, including Gopal Neupane, people standing and people sitting

हनुमन्तेश्वर क्याम्पसको प्राङगणमा भएको भेलाको अध्यक्षता पदम प्रसाद दाहालले गरेका थिए । भेलामा पार्टीका केन्द्रिय सदस्य गोपाल न्यौपाने र जिल्ला कमिट अध्यक्ष भिम दाहालले मन्तव्य राखेका थिए ।

May be an image of 16 people, including Kalyan Dahal, people sitting, people standing, outdoors and tree

एमाले विभाजन भएर नयाँ पार्टी बनेको नेकपा (एस) ले संगठन निर्माण तिव्र गतिमा गरिरहेको छ । आजको भेलाले अध्यक्षमा तारानीधी दाहाल, उपाध्यक्षमा इन्द्र प्रसाद न्यौपाने, सचिवमा शंकर दाहाल र उपसचिवमा राजकुमार दाहाललाई चयन गरेको छ ।

May be an image of 6 people, people sitting, people standing, grass and tree

287 shares