टी–ट्वान्टी विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

196 shares

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपमा अष्ट्रेलियाले विजयी यात्रा सुरु गरेको छ । शनिवार आबुधाबीमा दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी यात्रा सुरु गरेको हो ।

अष्ट्रेलियाले दक्षिण अफ्रीकाले दिएको १ सय १९ रनको लक्ष्यलाई १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गरेको हो । अष्ट्रेलियाको जितमा स्टिभ स्मिथले ३५ रन, मार्कुस स्टोनिस २४ रन र म्याथ्यु वेडले १५ रनको योगदान दिए ।

त्यस्तै, ग्लेन म्याक्सवेलले १८ रन र डेभिड वार्नरले १४ तथा मिचेल मार्सले ११ रनको योगदान दिए ।

पहिले व्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरा खेलमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । दक्षिण अफ्रीकाको लागि एडिन माक्र्रमले सर्वाधिक ४० रन बनाए ।

जित सँगै अष्ट्रेलियाले २ अंक जोडेको छ ।

196 shares