तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०३:५०
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कार्तिक २२ गते कम्पनिको छैटौँ वार्षिक साधारण सभा डाकिएको छ । कम्पनीले लगानीकर्तालाई १७.७९६ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । कम्पनिको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ८.३४ करोड रुपैँयाबाट लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले १६.९०६ प्रतिशत बोनस शेयर र ०.८८९८ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । कम्पनीले बुक क्लोज डेट कार्तिक ८ गतेलाई तोकेको छ ।
त्यस्तै, कुमारी बैंकले २१ औँ वार्षिक साधारणसभा कार्तिक १६ गतेलाई बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७७ ७८को ६ प्रतिशत बोनश शेयर र २.६७ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैँयाबाट लाभांस वितरण गर्ने भएको हो ।
आज बैंकको लाभांस सुरक्षित अन्तिम दिन रहेको छ ।
कार्तिक १६ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको शिवम् सिमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभामा लगानीकर्तालाई २९ प्रिितशत नगद लाभांस वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०३:५०