बार एसोसिएसनले माग्यो प्रधानन्यायाधीसको राजीनामा

182 shares

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । एसोसिएसनको सोमबार बसेको बैठकले राणाको राजीनामा मागेको हो ।

मन्त्रीपरिषद् बिस्तारमा न्यायपालिका प्रमुखले भाग खोजेको भन्दै लामो समयदेखि राणा विवादमा मुछिएका छन् । शेरबहादुर देउवा नेतृत्वमा प्रधानन्यायाधीश राणाले मन्त्री पदमा भाग खोजेको खबर बाहिरिएको थियो । सो अनुसार राणको तर्फबाट गजेन्द्र हमाले मन्त्री नियुक्त भएका थिए । विवादमा तानीएपछि हमालले राजीनामा दिइसकेका छन् ।

सरकार गठनमा न्यायालयले भाग खोज्नु गलत रहेको भन्दै चौतर्फि बिरोध भइरहेको छ ।

182 shares