सत्यमेव जयते २ को ट्रेलर सार्वजनिक

427 shares

काठमाडौ । जोन अव्राहिम स्टारर फिल्म सत्यमेव जयते–२ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सोमबार टि सिरिजमार्फत ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा जोनको डब्बल रोल रहेको छ । नेगेटिभ र पोजेटिभ दुवै चरित्रमा जोनको अभिनय रहेको छ । फिल्ममा अर्को मुखर्जी, रोचक कोहली लगायतले संगित दिएका छन् ।

मिलाप मिलन जावेरीको लेखन तथा निर्देशन रहेको फिल्ममा जोनका अलवा दिव्या खोस्लाको मुख्य भुमिका रहेको छ । फिल्म २५ नोभेम्बरबाट प्रदर्शन हुने भएको छ ।

भिडियो –

427 shares