सलमान स्टारर ‘अन्तिम’ को ट्रेलर सार्वजनिक

231 shares

काठमाडौँ । बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘अन्तिम द फाइनल ट्रुथ’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार ट्रेलरलाई सलमान खान फिल्मस् मार्फत सार्वजनिक गरिएको छ ।

सलमान खान फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई महेश मन्जेरकरले निर्देशन गरेका छन् । सलमानकै लगानी रहेको फिल्मको संगित हितेश मोडकको रहेको छ ।

पन्जावी पुलिस अफिसरको चरित्रमा सलमानलाई देखाईएको छ । सत्य र असत्यबीचको लडाँइमा आधारित भएर बनेको फिल्ममा भरपुर एक्सन सिन राखिएको छ ।

फिल्ममा सलमानका अलवा आयुश शर्माको मुख्य भुमिका रहेको छ । फिल्म नोभेम्बर २६ बाट प्रदर्शनमा आउने भएको छ ।

231 shares