पाँच दलीय गठबन्धन राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर लड्ने

238 shares

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर लड्ने भएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै गडबन्धनमा आवद्ध दलहरुले राष्ट्रियसभा र प्रदेश तथा संघको उपनिर्वाचनमा मिलेर लड्ने निर्णय गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै गठबन्धनले उपनिर्वाचनमा मिलेर लड्ने साथै कोभिड–१९ को संक्रमण न्युनिकरणमा भुमिका खेल्ने, खोपलाई प्राथमिकतामा राख्ने, अर्थतन्त्रलाई उकास्नको लागि काम गर्ने लगायतका निर्णय गरेका छन् ।

238 shares