चीन बन्यो विश्वकै धनी देश

546 shares

काठमाडौँ । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा तयार गरेका रिपोर्टअनुसार चीन विश्वकै धनी देश बनेको हो ।

चीन र अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा, मेक्सिको र बेलायतको राष्ट्रिय तथ्यांकलाई आधार मानेर गरिएको रिपोर्टमा चीनले अन्य देशहरुलाई उछिनेको हो । म्याकिन्सेले तयार पारेको रिपोर्टअनुसा सन् २००० मा चीनको कुल सम्पती ७ ट्रिलियन डलर रहेको थियो । २००१ को डिसेम्बर ११ मा चीन डब्लूटीओको सदस्य बन्यो ।

सन् २०२० मा पुग्दा चीनको सम्पती बढेर एक सय २० ट्रिलियन डलर पुगेको छ । उक्त सम्पती विश्वको कुल सम्पतीको एक तिहाई हो । चीनको तुलनामा अमेरिकाको सम्पतीमा गिरावट आएको छ ।

546 shares